‘अग्रज कम्युनिस्ट योद्धा’हरुलाई एमाले सुर्खेतको सम्मान

सुर्खेत । नेकपा एमाले सुर्खेतले कम्युनिस्ट आन्दोलन तथा पार्टी निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरेको छ । मंगलबार नेकपाको ७७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एमालेले अग्रज कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरेको हो । नेकपाको एमालेले बालाराम शर्मा, बाल कृष्ण बिसि, महेन्द्र प्रसाद शर्मा , डिलाराम गिरि, खगेन्द्र बहादुर घर्ती ,चुडामणिा शर्मा, हेम प्रकाश भुसाल , कालिका चौधरी, डिल्ली बहादुर महत्तरा र पृथ्वी बहादुर सिंहलाई सम्मान गरेको हो ।
यस्तै एमालेले स्वर्गीय ऋषि प्रसाद शर्मा र हस्त बहादुर पुनलाई मरणोप्रान्त सम्मान गरेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले दोसल्ला र सम्मान–पत्रले सम्मान गरेका हुन् । मुख्यमन्त्री कंडेलले अग्रजहरुको योगदानले अहिले सम्मान पाइरहेको र त्यस कारण आजको दिन स्मरणीय दिन भएको बताए । उनले नेकपा एमाले देशमा मुल राजनीतिक शक्तिको रुपमा रहेको र एमाले बलियो हुनु नै कम्युनिस्ट आन्दोलन हुने उल्लेख गरे । उनले निष्ठा पूर्वक आआफ्नो ठाउँबाट लागे देशलाई समुन्त बनाउने सकिने बताए ।
यस्तै कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाल पार्टी निर्माणमा अग्रज नेताहरूको योगदानप्रति पार्टीले सम्मान व्यक्त गरिएको बताए । उनले अहिलेको परिस्थितिलाई बुझेर चूनौतीलाई समाना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै समृद्धिको बाटोमा लाग्नुपर्ने उल्लेख गरे ।
कम्युनिस्ट योद्धा सम्मान कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल, ठम्मर विष्ट, कर्णाली प्रदेश कमिटीका पदाधिकारीलगायत पार्टीका विभिन्न तह, कमिटी र जनसंगठनका नेताहरूको उपस्थिति रहेको थियो ।