सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
े बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ ।
यस्तै सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश बमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ ।
यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयहरूमा सूचनाको हक लागू भए नभएकोबारे अनुगमन गर्नेछ ।
आवाजपत्र । २१ श्रावण २०८२, बुधबार १४:०६