
सुर्खेत । सार्वजनिक सेवा प्रशारण नेपाल अन्तरगत रेडियो नेपाल प्रादेशिक केन्द्र सुर्खेतबाट खस भाषामा समाचार प्रशारण सुरु गरिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिभिजनको कणाली प्रदेश व्युरो उद्घाटन र रेडियो नेपाल प्रादेशिक प्रसारणबाट खस भाषाबाट समाचाार सुभारम्भको उद्घाटन गरेका हुन् ।
उनले सरकार सञ्चार माध्यमहरुले भाषा संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै राष्ट्रिय एकताको प्रवद्र्धनमा पनि काम गरिरहेको बताए । एनटिभिलाई विश्वसामु पु¥याउने यसैबर्ष अंग्रेजी भाषामा प्रशारण गर्ने तयारी गरिएकोले पनि उनले जानकारी दिए ।
रेडियो नेपाल प्रादेशिक केन्द्र सुर्खेतबाट प्रत्येक दिन साझँ ५ः५ देखि ५ः१५ सम्म समाचार प्रशारण हुने छ । योसँगै रेडियो नेपालले २६ भाषामा समाचार प्रशारण गर्छ । खस भाषाको संरक्षण र प्रर्वद्धनमा सहयोग पुग्ने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रशारण गरिएको सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए । उनले सार्वजनिक सेवा प्रशारण नेपाललाई अझै प्रभावकारी बनाइने बताए ।
आवाजपत्र । २९ बैशाख २०८२, सोमबार १२:४९