वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड २७ लाख १५ हजार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजार रुपियाँको बजेट ल्याएको छ । मंगलबार नगरसभाबाट आगामी आर्थिक वर्षका लागि बजेट ल्याइएको हो ।
नगरप्रमुख निलकण्ठ खनालका अनुसार चालुतर्फ एक अर्ब ५९ करोड ४२ लाख ३० हजार र पुंजिगततर्फ दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार रुपियाँ बराबरको बजेट ल्याएको हो ।


प्रत्येक वडामा ५० लाख भन्दा माथिको ठुला नगर गौरब पूर्वाधारको आयोजना हुने गरी बजेट बिनियोजन गरेको छ ।
नगरपालिकाले नगर बस संचालनका लागि बजेटको व्यवस्था गरेको छ । नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको लागि नगर बस खरिद गरि संचालनका लागि दुई करोड रुपियाँ बजेट बिनियोजन गरेको छ ।
नगरपालिकाले राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक साधार, फुटपाथ ब्यवस्थापन, सि.सि. क्यामरा, हाई मास लाईट, आई.टि. जोन, जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड रुकम बजेट विनियोजन गरेको छ । नगरपालिकामा नागरिकका तर्फवाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधार तर्फ २९ करोड ७९ लाख बजेट ब्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कर प्रणालीमा सुधार गरी ५१ करोड ६३ लाख ५० हजार संकलन गर्ने नगरपालिकाले लक्ष्य लिएको छ ।