एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका छन्। उनी ११ः २० बजेको कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तान जाने क्यानले जनाएको छ।
उनले एसिया कपको क्रममा भदौ १८ गते हुने नेपाल र भारतबीचको खेल्ने बताइएको छ। सो खेलपछि उनी नेपाल फर्कन सम्भावना छ। नाबालिगमाथी जबरजस्ती करणीको कसुरमा उनको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको थियो। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। सन्दीप भने मुद्दाकाे पेसी भएपछि नेपालमै अड्किएका थियाे।
आवाजपत्र । ११ भाद्र २०८०, सोमबार ०४:५८