सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको छैटौं बैठक सुर्खेतमा शुरु भएको छ ।
एमाले प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाहाको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल, पार्टी स्थायी कमिटि सदस्य तथा एमाले कर्णाली ईन्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा पार्टी कार्यालयमा शुरु भएको हो ।
पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौं केन्द्रीय कमिटिले मातहतका कमिटिमा छलफलला लागि पठाएको विधान शंशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नविकरण, नियमित सांगठनिक गतिविधिको समिक्षा लकायतका विषयमा बैठकमा छलफल गरिने पार्टी अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश कमिटि सदस्य, दशवटै जिल्लाका अध्यक्ष, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाल, दक्षिणा शाही लगायतका नेताहरुतो सहभागिता रहेको छ ।
आवाजपत्र । १९ श्रावण २०८२, सोमबार १३:३४