स्वर्गद्वारीघाटमा प्रकृतिको अन्त्येष्टि गरियो

काठमाडौं । भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको गृहनगर भैरहवामा अन्त्येष्टि गरिएको छ ।


बुधबार राति नै स्थानीय स्वर्गद्वारीघाटमा उनको अन्त्येष्टि गरिएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह ९मर्चरी० मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो ।
त्यसपछि मध्यराति नै अन्तिम संस्कार गरिएको हो । ओडियाबाट गोरखपुरसम्म हवाइजहाजमा र त्यहाँबाट घर एम्बुलेन्समा सव ल्याइएको थियो ।

लम्सालको अन्तिम संस्कारमा भैरहवाबासीको ठूलो संख्यामा सहभागीता थियो । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।

(साभार लोकान्तर)