सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि आर्थिक अख्तियारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहिद स्मृति भत्ता वितरणका लागि दुई करोड ५५ लाख ७२ हजार र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि दुई करोड २९ लाख ८० हजार, गरी चार करोड ८५ लाख ५२ हजार रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा पठाउन स्वीकृति दिइएको छ ।
त्यसैगरी बैठकले विभिन्न कार्यविधि र निर्देशिकाहरू स्वीकृत गरेको छ । सरकारका प्रवंक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहका अनुसार आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, कर्णाली प्रदेश समपुरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, कर्णाली प्रदेश ससर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गरेको हो ।
बैठकमा प्रदेश सरकारले लैङ्गिक हिंसा पीडितहरूका घटनाको व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशिका स्वीकृत गरेको उनले जानकारी दिए ।
आवाजपत्र । २८ आश्विन २०८२, मंगलवार १२:४५