सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जोड्ने कर्णाली करिडोरको पुल उद्घाटन गर्न आउँदै छन् । आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले भारत र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट सुरु भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ ।
४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसले नेपालको वैदेशिक व्यापारलाई सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् । कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएको भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीले हुम्ला यात्राले भावनात्मक र उत्साहित बनाएको बताएका छन् ।
करिडोर अन्तर्गत निर्माण भएको बेलिब्रिज उद्घाटन भएपछि हुम्ला जिल्ला औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
आवाजपत्र । २२ असार २०८२, आईतवार १०:२८