सुर्खेत । सुर्खेतबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको टिप्पर आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । दुर्घटना भेरी पुलदेखि १०० मिटरअगाडि रहेको घुम्तीमा सोमवार बिहान ७ः३० बजे भएको हो ।
सुर्खेतबाट दाङ तर्फ जाँदै गरेको क.प्र.०२००१ ख.०४३८ न. को फोर्स गाडीलाई छिन्चुबाट सुर्खेत तर्फ आउँदै गरेको क.प्र.०२००१ क.००३७ न.को टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाले जानकारी दिए ।
घाइते हुनेमा फोर्स गाडी चालक वीरेन्द्रनगर १२ का २९ वर्षीय कमल रजा, दाङ राजपुर २ का ३२ वर्षीय भुवन चौधरी, सिम्ता ६का ३२ वर्षीय सरिता गरङ्जा र सल्यानका ५० वर्षका हेमराज बुढाथोकी रहेका छन् । वीरेन्द्रनगरका २५ वर्षका रामबहादुर विक रहेका छन् ।
घाइतेहरुको माया नर्सिङ होम र प्रदेश अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको छ ।
आवाजपत्र । २ असार २०८२, सोमबार ०८:४५