सुर्खेत । नेपाल स्काउट कर्णाली प्रदेशको आयोजनामा ५८९ औं र ५९० औं स्काउट आधारभूत तालिम (बि.टि.सी) तथा ४३६ औं स्काउट आधारभूत तालिम (पि.टि.सी) आजदेखि सुरु भएको छ । कर्णाली प्रदेशका युवाहरुलाई विभिन्न सामाजिक र सामूहिक गतिविधिहरूमा सक्रिय बनाउने र एकजुट समाज निर्माणमा सहयोग पुर्याउनु उक्त तालिमको आयोजना गरिएको हो ।
तलिमको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै उनले उस तालिमबाट युवाहरुलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताए । उनले यस अवसरमा युवाहरुलाई मानवता प्रवद्र्धनमा सहयोग पुर्याउन आह्वान गरे ।
कर्णाली प्रदेशको विपद् जोखिम र चुनौतीलाई ध्यानमा राख्दै मन्त्री भण्डारीले यस प्रकारका तालिमहरूले प्रदेशका लागि सारथी बन्ने विश्वास व्यक्त गरे । सरकारले सामाजिक सुरक्षामा कर्णाली प्रदेशको सशक्त भूमिका निभाउने बताउँदै नवप्रवर्तन कार्यहरूमा सक्रिय रहन समेत मन्त्री भण्डारीले आग्रह गरे ।
कार्यक्रममा नेपाल स्काउट कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहोराले स्काउटका माध्यमबाट युवा सक्रियतालाई बढावा दिन र यस प्रकारको तालिममा सहयोग प्रदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षाका साथ कार्य गर्दै जान विश्वास व्यक्त गरे ।
आवाजपत्र । १२ चैत्र २०८१, बुधबार ११:०१