सुर्खेत । नेकपा एमाले सुर्खेतले आयोजना गरेको बृहत जागरण सभालाई सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल सुर्खेत आएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आज दिउँसो १ बजे एमालेले बृहत जागरण सभाको आयोजना गरेको छ । सोही सभालाई सम्बोधन गर्न महासचिव पोखरेल सुर्खेत आएका हुन् ।
पोखरेललाई बिहान सुर्खेत विमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । मंगलगढी चोकबाट ¥याली सुरु भएर पिपल चौतारामा सभाको आयोजना हुने छ ।
जागरण सभामा १० हजार भन्दा बढी सहभागिता हुने एमाले सुर्खेतले जनाएको छ ।
आवाजपत्र । २५ चैत्र २०८१, मंगलवार १०:५७