प्रदेश सवारी तथा यातायात विधेयक पेश

कर्णाली प्रदेश सभा

सुर्खेत । कर्णाली प्रदेश सभामा प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले उक्त विधेयक सभामा पेश गरे ।
उहाँले सर्वसाधरण नागरिकलाई सरल एवम् सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ , सक्षम तथा प्रभावकारी बनाउन विधेयक ल्याएको बताए । विधेयकमा सवारी दुर्घटनाको रोकथाम, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बीमा व्यवस्था गर्न, सवारी साधन कर प्रणालीलगायत सम्बन्धमा व्यवस्था गर्न आवश्यक रहेकोले विधेयक ल्याएको उल्लेख छ ।