कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैबी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको तर्फबाट ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
फोटो क्याप्सनः मन्त्रिपरिषद्को बैठक ।