जनताको अवस्था बदल्ने जिम्मेवारी एमालेको काँधमा छः मुख्यमन्त्री कंडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जनताको अवस्था बदल्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कंडेलले नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले तीन महिने जरा अभियान अन्रगत बुधबार आयोजना गरेको नगर स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अवस्था बदल्न पार्टीलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल गर्नुपर्ने विषय भएको बताए । उनले भने, ‘हिजो व्यवस्था बदल्ने कुरा प्रमुख थियो । आज जनताको अवस्था बदल्ने, समाजको अवस्था बदल्नु छ । समाजमा बेरोजगार छ । पढ्न नपाएका बालबालिका छन् । कानूनमा समान भए पनि व्यवहारमा असमानता छ । यो बदल्ने सबै एमालेको काँधमा छ ।’
उनले अहिले एमालेले गरेका काम जनताबिच पु¥याउन नेता र कार्यकर्ताबिच कार्यक्रम गरिरहेको बताए । उनले आफ्नो क्षेत्रको विकास निर्माण योजना बनाउनमा सबै कमिटीले नेतृत्वदायि भूमिका निर्वाह गर्ने गरी रुपान्तरण गरे  मात्र दायित्व पुरा हुने पनि उल्लेख गरे ।
प्रशिक्षक प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुने छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रिय सदस्य ठम्मर विष्ट, जिल्ला अध्यक्ष कुलमणी देवकोटालगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।