कर्णालीमा स्याउ विकास बोर्ड गठन गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठन भएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्याउ खेतीको विस्तार र प्रवद्र्धनका लागि स्याउ विकास बोर्ड स्थापना गर्ने उल्लेख गरेको छ । सरकारले प्रदेशमा स्याउ, ओखर तथा सुन्तला, किवी, ड्राइगन, आँप, लिची, केरा लगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा तीन वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने नीति लिएको छ ।

कृषिलाई आधुनिकरण, व्यसायिकरण, यान्त्रिकीकरण, विविधिकरण गर्दै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तथा निर्यातमा प्रोत्सान गर्ने नीति सरकारले लिएको छ। पाँच हेक्टर भन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने व्यवसायीलाई कर्जामा व्याज अनुदान दिने नीति लिइएको छ ।