प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा हमाल निर्वाचित

सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल निर्वाचित भएकी छन् । बुधबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट हमाल सर्वसम्मत निर्वाचित भएकी हुन् । अधिवेशनले हमालको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । हमाल प्रेस चौतारी मात्र नभएर सुर्खेस्थित पत्रकाहरुको संगठनको नेतृत्व इतिहासमा पहिलो महिला अध्यक्ष हुन् ।एक दशक बढी पत्रकारितामा सक्रिय हमाल हाल गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत छन् ।
यस्तै  खुलातर्फ उपाध्यक्षमा दिनेशकुमार बुढा र महिला उपाध्यक्षमा चन्द्रा कँडेल निर्वाचित भएका छन् । सचिवमा रजनी योगी, खुला सहसचिवमा कुलेन्द्र शाही, समावेशी सहसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा नवराज रोकाया निर्वाचित भएका छन्।

यस्तै कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली र नवराज उपाध्याय कार्यसमिति सदस्य चयन भएका छन्।