सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु

सुर्खेत । रोपाई गरिरहेको बेला चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो ३ बजे भेरीगंगा नगरपालिका वडा नं ८ कुईरेमा रोपाई गरिरहेको समयमा चट्याङ पर्दा सोही ठाउँका डिल बहादुर शाहीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनु भएका शाहीलाई उपचारका लागि मेहेलकुना अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम डिएसी मोहनजंग बुढथापाले जानकारी दिए ।
यस्तै चट्याङमा परेर चार जना घाइते भएका छन् । भेरीगंगा ८ कुईरेका १७ वर्षीय पर्वत बिक, १९ वर्षिय हुम बहादुर थापा, १८ वर्षिय नविन विक र ३० वर्षीय सुनिता गिरी घाइते हुनु भएको छ । उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।