सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, सुर्खेतले आफ्नो ३५ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार संगठनले ३५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको हो । स्थापना दिवसको अवसरमा संगठनको कार्यालयमा दिप प्रज्वलनसँगै जिल्ला कार्य समितिको वेवसाइट https://negeosurkhet.org/ सार्वजनिक गरेको छ ।
संगठनका अध्यक्ष सीता कंडेलले संगठनको गतिवधिलाई गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाई संगठनलाई सबैले देख्ने, सुन्ने र बुझ्ने बनाउँन तथा वर्तमान समयको माग बमोजिम परिवर्तन तथा व्यवस्थापन गर्न डिजिटल माध्यमबाट जानकारी दिई संगठनलाई गतिशिल बनाउने उद्देश्यले वेवसाईट निर्माण गरिएको बताइन् ।
यस्तै स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठनका स्थापना कालका सदस्य गोविन्दप्रसाद शर्माको छोरा कृष्ण शर्माको उपचारका लागि संगठनका तर्फबाट संकलन गरिएको ७९०४९ रुपैयाँ सहयोग गरिएको छ । संगठनका तर्फबाट संकलन भएको रकम उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको अध्यक्ष कंडेलले जानकारी दिइन् ।
आवाजपत्र । ७ बैशाख २०८२, आईतवार २१:४७