सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीले सुर्खेतले तीन महिने वडा केन्द्रित अभियानलाई प्रभावकारी बनाउन जुटेको छ । माघ, फागुन र चैत महिनामा सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउनका लागि जुटेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, नौ वटै पालिकामा माघ २४ गतेसम्म बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । मंगलबार जिल्ला कमिटीले गरेका निर्णयहरु सार्वजनिक गर्दै एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाले अभियानलाई प्रभावकारी बनाईने बताउँनुभयो । उहाँले मिसन ८४ लाई केन्द्रित गरेर अभियान चलाइने उल्लेख गरे । उनले अहिले सदस्यता जिल्लाको पार्टी सदस्यता करिब आठ हजार रहेकोमा १५ हजार पु¥याइने बताए । अभियानका क्रममा पार्टी सदस्यता नविकरण र विस्तार गरी छ प्रतिशतले मतदाता संख्या वृद्धि गर्ने एमालेको योजना रहेको छ । एक तिहाई युवालाई पार्टीका आधारभुत तहका पार्टी कमिटीमा समावेश गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने निर्णय गरेको छ ।
यस्तै अभियानका नौ वटै पालिकामा क्रममा पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, फागुन १० गतेसम्म जनसंगठन संयन्त्र गठन गर्ने, पालिकास्तरका विभागहरु गठन गर्ने, जिल्लाका ९९ वटै वडामा बैठक सम्म गर्ने र जनसंगठनहरुको सदस्यता विस्तार व्यापाकरुपमा गर्ने बैठकले निर्णय गरेको छ ।
अभियानका क्रममा पार्टीको नेतृत्व र सहभागि भएका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुनायोग्य कामलाई जनसमुदायको बीचमा पु¥याइने अध्यक्ष देवकोटाले बताए । उनले यो अभियानको क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गर्न घरघरमा पुग्ने बताए । । विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको छ ।
आवाजपत्र । १५ माघ २०८१, मंगलवार १९:१६