कर्णालीको खेल विकासमा पाँच ‘प’ को अवधारणा अवलम्बन गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्ष कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । बुधबार कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले कर्णालीमा सबै खेलहरू सञ्चालन गर्न सकिने गरी मागका आधारमा खेल पूर्वाधार निर्माण गरिने बताए ।

कर्णालीको खेल विकासमा पाँच ‘प’ (पूर्वाधार, प्रतियोगिता, पुरस्कार, प्रतिभा छनोट तथा प्रशिक्षण) को अवधारणा अवलम्बन गरिने प्रदेश सरकारको दाबी छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने पदक विजेता खेलाडीलाई नगद सहित प्रोत्साहन गरिने र खेलाडी वर्गीकरणका आधारमा बीमा गरिनेछ ।