कर्णाली प्रदेश सरकारले संगठन संरचना अध्ययन गर्दै


सुर्खेत । कर्णाली प्रदेश सरकारले संगठन संरचना अध्ययन सुरु गरेको संगठन संरचना अध्ययनका लागि तीन सदस्यीय उच्च स्तरिय समिति गठन गरेर अध्ययनको काम अघि बढाएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव लक्ष्मण अर्यालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । उक्त समितिले असार १५ गते सम्म प्रदेश सरकारलाई सुझाव प्रतिवेदन बुझाउने छ ।
सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले प्रदेशको संगठन संरचनालाई कसरी वैज्ञानिक र प्रभावकारी गराउन सकिन्छ भनेर अध्ययन गर्न थालिएको बताए । उनले ने, ‘ प्रदेशको संगठन संरचनालाई वैज्ञानिक गराउन सबै मन्त्रालयगत रुपमा अध्ययन गरेर सुझाव दिन सरकारले उच्च स्तरिय समितिको गठन गरेका छौं ।’प्रदेश सरकारले तत्तकाल नयाँ पदपूर्तिका लागि विज्ञापन नगर्ने भएको छ । सरकारले हाल विज्ञापन भएका पद बाहेक नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भए पछि मात्र पदपूर्ति अघि बढाउने निर्णय गरेको हो ।
यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रको नाम परिवर्तन गरेर कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रम राखेको छ । कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गरेर अबदेखि रोजगार सृजना गर्ने क्षेत्रमा मात्र कार्यान्वयन गर्ने भएको छ । कार्यक्रमले उद्योग, पर्यटन र कृषि क्षेत्रमा मात्र कार्यक्रम संचालन गर्ने गरी कार्यविधि बनाइएको र सोही अनुसार कार्यक्रम प्रवक्ता शाहले जानकारी दिए ।