हुम्लाको लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाए

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् । लिमी जाने बाटो हिमपातका कारण बन्द भएपछि खोप कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको हो ।

हिमपातका कारण बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्य चौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए ।

गएको फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखि माथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि हिजो लगाइएको उहाँले जानकारी दिए । (उज्यालो अनलाइन)