सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
शुक्रबार प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं विशेष प्रस्तावसहित बैठकबाट बजेट पारित भएको हो । जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तरगत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेश सभामा विशेष प्रस्ताव पेस गर्नु भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावमा हुन्न भन्ने आवाज नसुनिएकाले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।
अर्थमन्त्री शाहले असार १ गते कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । सरकारले कुल विनियोजनमध्ये चालूतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कुल विनियोजनको ६०.५५ प्रतिशत बजेट विनियोजन गरेको छ।
आवाजपत्र । २० असार २०८२, शुक्रबार २१:२७