सुर्खेत । कर्णाली प्रदेशमा शनिबारदेखि छोरी सम्मेलन हुँदै छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको आयोजनामा वीरेन्द्रनगरमा छोरी सम्मेलन हुन लागेको हो ।
कार्यक्रम शनिबार बिहान ८ बजेदेखि शुभ होटलमा हुनेछ । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको ज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् ।
कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सबल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउने उद्देश्यसहित उक्त सम्मेलन गर्न लागिएको उनको भनाइ छ ।
सम्मेलनमा कर्णालीका ७९ वटा स्थानीय तहबाट २÷२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई÷दुई जना गरी दुई सय जना छोरीहरूको सहभागिता रहने उनको भनाइ छ । कार्यक्रमका लागि छोरीहरू शुक्रबार नै वीरेन्द्रनगरमा आइसकेका छन् ।
सम्मेलनमा हरेक दिन, छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन् । ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन् ।
कार्यक्रमको उद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गर्नेछन् ।
आवाजपत्र । २६ बैशाख २०८२, शुक्रबार २३:०४