काँग्रेसको अवरोध पछि प्रदेश सभा बैठक स्थगित

सुर्खेत  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध पनि कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । आइतबार बजेट अधिवेशनको तेस्रो बैठक काँग्रेसको अवरोधका कारण स्थगित भएको हो । बैठकको सुरुमै नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएका हुन् । सभाबाट फारित भएका योजनाहरु एकाएक मौखिक रुपमा रोकिएको भन्दै यो न्याचित नभएकोले माग सम्बोधन नगरी बैठक नबढाउन सभामुखलाई उनीहरुले आग्रह गरेका थिए ।
प्रदेश सभा सदस्य सुरेश अधिकारीले सरकारले रातो किताबका रहेका योजनाहरु सरकारले मौखिक रुपमा रोक्न लगाएको भन्दै विरोध जनाए । चालु आर्थिक वर्षको बजेटको रातो किताबमा उल्लेख भएका १५ लाख भन्दा साना योजना कार्यान्वयन नगर्ने सहमति भएको थियो । तर ति योजनाहरु संचालन भएर कहि सम्पन्न भइसकेको र कही संचालन नगर्न सरकारले निर्देशन दिएको भन्दै न्यायोचित नहुने बताउँनुभयो ।
सभामुख नन्दा गुरुङले सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि काँग्रेसका प्रदेश सभा सदस्यहरुले उभिएर विरोध गरिरहे पछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो । सहमति हुन नसके पछि सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।