सुर्खेत । २० वर्षदेखि वीरेन्द्रनगर ६ स्थित हटियालाईनमा रहेको नमुना हङ्कङ्ग बजार थप व्यवस्थापन र छुट सुविधासहित सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्ने भएपछि खालि गरिएको बजार पुनः सञ्चालनमा आएको हो ।
आइतबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वीरेन्द्रनगर १०, स्थित बौद्धिक टोल ९सिटि बसपार्क अगाडि० स्थापना गरिएको बजारको उद्घाटन सोमबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालद्वारा हुने बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश विसीले जानकारी दिए । २०६० सालबाट रेडिमेड फेन्सी तथा जुत्ता चप्पल सर्वसुलभ मूल्यमा विक्रिवितरण गर्दै आएको हङ्कङ्ग बजारको लागत एक करोड ५० लाख रहेको छ भने, सात कठ्ठा जग्गा भाडा लिएर ३२ वटा सटरहरु निर्माण गरिएको अध्यक्ष विसीले बताए ।
वीरेन्द्रनगरलाई सफा र व्यवस्थित सहर बनाउन नगरपालिकाले थालेको प्रयासलाई सहयोग गर्दै तीन महिना लगाएर बजार स्थापना गरिएको उनले बताए । उक्त बजारबाट ग्राहकलाई थप छुटसहित सेवा प्रदान गरिने बताउँदै ८० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको अध्यक्ष विसीले बताए ।
आवाजपत्र । २४ असार २०८१, आईतवार २१:२३