दलित शसक्तिकरण विधेयक छिट्टै पास हुन्छ ः मुख्यमन्त्री कडेल

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेशसभामा पेश भएको दलित शसक्तिकरण सम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् । दलित अधिकारका लागि एकिकृत आन्दोलनका अगुवाहरुसँग मंगलवार आफ्नै कार्यकक्षमा भेट गर्दे मुख्यमन्त्री कडेलले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेश भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।
मुख्यमन्त्री कडेलले अघिल्लै कार्यकालमा पास हुनुपर्ने उक्त विधेयकमा राखिएका प्रस्तावित विषयहरुलाई छलफल गरेर निष्कर्षमा पु¥याउने काम विषयगत समितिले गरिरहेकोले समितिलाई सरकारको तर्फवाट आवश्यक सहजीकरण गर्ने उनले बताए ।
प्रदेशसभाको अघिल्लो कार्यकालमा पेश पनि दलित शसक्तिकरण सम्बन्धी विधेयकप्रदेशसभामा टेबलनै नभई फिर्ता भएको तर यस पटक उक्त घटना नदोहोरिने पनि मुख्यमन्त्री कडेलले छलफलको क्रममा जानकारी गराए ।