काठमाण्डौ । सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल चलान भएका छन् । प्रहरीले सोमबार जिल्ला अदालत उपस्थित गराएपछि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।
शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पु¥याइएको थियो ।
आवाजपत्र । २४ चैत्र २०८१, सोमबार १४:३९