सुर्खेत । लागू औषध -अफिम) पाँच किलो सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार भेरीगंगा नगरपालिका वडा नं १० तालबारीबाट जुनिचाँदे गाउँपालिका १० का जय बहादुर बस्नेत पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
लागू औषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलिले पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका व्यक्तिबाट तौल गर्ने डिजिटल तराजु एक थान, विभिन्न बैंकका चेक पाँच थान र नगद चार हजार ७३० रुपैयाँ बरामत गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
उनका अनुसार उक्त अफिमको मुल्य प्रतिकिलो एक लाख ६० हजार पर्छ । पक्राउ पर्ने व्यक्तिबाट आठ लाख ८६ हजार चारसय मुल्य पर्ने अफिम बरामत गरिएको उनले बताए ।
आवाजपत्र । २६ असार २०८२, बिहीबार १२:१४