सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले मानव सेवा आश्रम सुर्खेतमा भोजनसेवा गरेको छ । बुधबार साँझ संगठनले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा आश्रमम भोजनसेवा गरेको हो ।
मानवीय सेवालाई योगदान पुर्याउनु उद्देश्यले भोजनसेवा गरेको संगठनका अध्यक्ष सीता कंडेलले जानकारी दिइन् ।
संगठनले बुधबार बिहान मैत्रीपूर्ण फुटबलको आयोजना गरेको थियो । फुटबल प्रतियोगितामा नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतलाई २–१ गोलले हराउँदै नेपाल निजामती कर्मचारी सङ्गठन कर्णाली प्रदेश विजयी भएको हो । संगठनले भोलि बिहीबार सहिद दिवसको अवसरमा संगनको कार्यालयमा रक्तदान कार्यक्रमको अयोजना गरेको छ ।
आवाजपत्र । १४ श्रावण २०८२, बुधबार २२:३६