सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नु गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजहरुमा सम्मान व्यक्त जर्नुभयो । उहाँले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘ जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन पनि हो । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।’ यस युगान्तकारी परवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्ने उहाँले बताउँनुभयो ।
लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाई छ । जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँने उहाँले बताउँनुभयो । मुख्यमन्त्री कंडेलले शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्ने भन्दै कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्नु सक्नुपर्ने उल्लेख गर्नुभयो ।
आवाजपत्र । १५ जेष्ठ २०८२, बिहीबार ११:१८