एमयूका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित हुँदै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) का तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित हुँदै छन् । फागुन २३ गते वीरेन्द्रनगरमा आयोजना हुने दीक्षान्त समारोहमा विद्यार्थीहरु दीक्षित हुन लागेका हुन् । विश्वविद्यालयका विभिन्न ग्य्राजुएट स्कुलहरु अन्तरगत तीन वर्ष यताका  विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्नका लागि फागुन २३ गते बिहान ११ बजे विश्वविद्यालयको केन्द्रिय प्रशासनिक भवन कुइनेपानीमा आयोजना गर्न लागेको हो ।

विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी दीक्षान्त समारोहका बारेमा जानकारी दिँदै स्नातक दहका दुई हजार एक सय ८९ र स्नातकोत्तरका एक हजार छ सय ३३ र दर्शनाचार्यतहका १९ जना विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिएको छ । विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा सहभागी हुन आठ सय ८५ जना विद्यार्थीले आवेदन दिएका छन् ।
प्रधानमन्त्री एवंम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवंम सहकुलपति विद्या भट्टराई समुपस्थिति र सिक्किम केन्द्रिय विश्वविद्यालयका संस्थापक उपकुलपति एवंम जवाहरलाल विश्वविद्यालय भारतका प्रा. डा महेन्द्र पी लामाको प्रमुख आतिथ्यतामा समारोह आयोजना गरिएको विश्वविद्यालले जनाएको छ ।
दीक्षान्त समारोहमा तीन वर्षको ब्याजहरुबाट स्नात्तक र स्नातकोत्तर तहमा सर्वोउत्कृष्ट भएका तीन जनाले कुलपति पदक, स्नात्तक तहमा सर्वोउत्कृष्ट भएका तीन जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तरका लागि डीन लिष्टमा परेका ११ जना र स्नात्तक तहबाट १८ जना विद्यार्थी गरी ३५ जनाले प्रमाण पत्रसहित पदक पाउने छन् ।