जागर र समर्पण देखाए कर्णालीलाई गरिबिको सूचिबाट हटाउँन सकिन्छ

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशलाई समृद्ध बनाउन सबैको समर्पण आवश्यक रहेको बताएका छन् । सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख जोशीले जनताको चाहानालाई पुरा गरी समृद्ध हासिल गर्न समपर्णमा बल पु¥याउन आवश्यक रहेको बताए । उनले भने, ‘कर्णालीलाई समृद्ध गराउँछौँ भनेर भन्यौँ। आज कहाँ छौँ भनेर मुल्याकंन गर्न आवश्यक छ । जनतालाई के–के बचन दिएका थियौँ र कति अगाडी बढाउन सक्यौँ । यस बारेमा छलफल गर्न आवशयक छ । कर्णालीमा विकास भए पनि अझै गर्नुपर्ने छ । जागर र समर्पण देखायो भने कर्णालीलाई गरिबिको सूचिबाट हटाउँन सकिन्छ । त्यसका लागि समर्पणमा बल पु¥याउन आवश्यक छ ।’ उनले सबै दलहरुलाई दत्तचित्त भएर विकास निर्माणमा एकजुट हुन पनि आग्रह गरे ।

 

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्कले स्थापना दिवसको अवसरमा कर्णालीको समृद्धका लागि सबै पक्षलाई अग्रसर हुन अपिल गरिन् । उनले आगामी दिनमा जनतासँग जोडिएका समस्या सम्बोधन गर्न आवश्यक कानून निर्माणमा गम्भिरताका साथ लाग्नुपर्ने बताइन् । उनले प्रदेश सरकारले कानून निर्माण र सरकारले गरेका कामकार्वाहीको अनुगमन र मुल्यांकनको काम गरिरहेको पनि उल्लेख गरिन् । उनका अनुसार प्रदेश स्थापना भएको सात वर्षमा ६० वटा कानून निर्माण भएका छन् । पहिलो प्रदेश सभाको कार्याकालमा ५३ र दोस्रो कार्यकालमा साठ वटा सरकार र मातहतका संरचनामा नियमित नभइ नहुने कानून निर्माण भएको बताइन् ।

यस्तै कार्यक्रममा नेकपा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले अहिलेको व्यवस्थालाई र्काान्वयन गर्न र जनताको आवश्यकता पुरा गर्न सबैमा समपर्णको भाव चाहिएको बताए । उनले भने, ‘अहिले भइरहेको व्यवस्था ल्याउँन हिजो जुन बदिलान, त्याग, योगदान थियो । आज पनि कार्यान्वयनका लागि पनि त्याग र समर्पण चाहिएको छ ।’ उनले संविधान कार्यान्वयनका लागि दलहरुले नयाँ ढंगले सोच्नुपर्ने अवस्था रहेको उहाँले बताए । प्रदेश सरकारको केही काम छैनन् भन्ने केही तत्वकाविरुद्ध लाग्नुपर्नेमा उनले जोड दिए । सुव्यवस्था कायम गर्न, जनतासँग सहकार्य गर्न आर्थिक सम्पनता र सामाजिक न्यायका लागि हामीले साझा प्रतिवद्धता आवशयक रहेको बताए ।

मुख्यमन्त्री यामलाल कँडेलले नीति र निर्माणमा सार्थक थलो बनाउने कुरामा सबैको सार्थक भूमिका रहनु पर्ने बताए । उनले सकार जनमुखि काम गरेको बताए । उनले यो सात वर्षको अवधिमा अपेक्षा अनुसार काम हुन सक्यो सकेन् समिक्षाको विषय बनेको उल्लेख गरे । उनले जनता र देशको अवस्था बदल्ने हिजो जुन निष्ठा, त्याग र समपर्ण थियो आव पनि त्यतिकै जरुरी रहेको बताए । उनले भने, ‘जनता र देशको अवस्था बदल्ने हिजो जसन निष्ठा, त्याग र समपर्ण थियो । आज पनि त्यतिकै त्याग र समपर्णको चाहिन्छ । त्यसमा कमी आउँदा जनताले गरेको भरोसा कमी आउँछ । कतिपय ठाउँमा मौनता देखिएका छन् । व्यवस्थाप्रति निराशा बढाउने गतितिधि पनि भएका छन् । जसले गर्दा आंशका उत्पनन् भएका छन् । यसका लागि आआफ्नो ठाउँबाट निष्ठा, समपर्ण, योगदान र त्याग गर्दा जनमर्थन रहन्छ ।’

उनले हिजोका दिनमा स्रोत साधन नहुँदा पनि विकासका काम अघि बढेको र अहिले बजेट विनियोजन हुँदा काम हुन नसकेको बताए । जनताको छोराछोरी सरकार सञ्चालन गर्ने ठाउँमा पुग्ने गणतन्त्र र लोकतन्त्रको अरु विकल्प नहुने पनि बताए । उनले इमान्दापरक पुर्वक जनताको सबै सम्बोधन नगरे पनि जनतालाई निराशा नगराउने गरी सरकार अघि बढेको उनले दाबी गरे । प्रदेश सभाबाट पास भएको नीति तथा कार्यक्रमलाई नै सरकारले कार्यान्वयन गरेको उल्लेख गर्दै ७० प्रतिशत बजेट पुराना योजनामा लगानी गरिएको उल्लेख गरे ।