सुर्खेत । कर्णाली प्रदेश स्थानीय सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा –गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
बैठकमा प्रदेश मामिला समितिले संशोधन विधेयक माथि छलफल गरी पारित गरेर प्रदेशसभा बैठकमा पेश गरेको थियो ।
आवाजपत्र । ३२ असार २०८२, बुधबार २०:०८