क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा को–को थिए यात्रु ?

काठमाडौँ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।