काठमाण्डौ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । करिब दुई महिनादेखि उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसक्ने भन्दै जिम्मेवारीबाट राजीनामा दिन चाहेको बताएका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
आवाजपत्र । ३१ बैशाख २०८१, सोमबार १२:३३