लगानी अनुसार कर्णालीले प्रतिफल पाउन सकेन् ः मुख्यमन्त्री कंडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले अन्तरराष्टिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । कर्णालीमा कार्य क्षेत्र भएका अन्र्तराष्टिय विकास साझेदारहरुसंगको आइतबार छलफलमा मुख्यमन्त्री कडलले कर्णालीलाई अन्र्तराष्टिय विकास साझेदारले उच्च प्राथमिकतामा राखेपनि यहाँ भइरहेको कार्यक्रमले आशातित सफलता हासिल गर्न नसकेको बताए ।

सहयोगी दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महशुस गनुपर्ने हो, कर्णालीका नागरिकले, परिवर्तनको महशुस गर्न नसकेको उहाँको भनाई छ । अवसरको खोजीमा कर्णालीका गाँउहरु रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट मुख्यमन्त्री कंडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीको लागी बिदेशिने परिस्थिति अन्त्य हुनुपर्ने बताए ।
मुख्यमन्त्री कंडेलले अन्र्तराष्टिय विकास साझेदार संस्थाहरुको विगतदेखीको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए आवश्यक परे नीतिसमेत बदल्न पुर्नविचार गर्नुपर्ने धारणा राखे । जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले संभव नहुने भन्दै मुख्यमन्त्री कडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
कर्णालीमा अन्र्तराष्टि विकास साझेदार संस्थाका कार्यक्रमलाई एकिकृत रुपमा लैजान सके यसले ठूलो उपलब्धी हासिल हुने बताउदै मुख्यमन्त्री कडेलले साझेदार संस्थाले गरेका कामले जनतालाई अनुभुती गराउन सक्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कडेलले आजै सुर्खेतस्थित संघीय कार्यालयका प्रमुखसंग छलफल गर्दे कर्णाली प्रदेशमा भइरहेका कामको बारेमा जानकारी लिएका थिए।