आई.एम.ई.लाइफ सल्यान उप–शाखाद्वारा वृक्षारोपण 

सुर्खेत । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान उप–शाखाको आयोजनमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत आज (आइतबार) शारदा नगरपालिका वडा नम्बर १ छाँपडाडामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बिरुवा रोपेर गरेका थिए । ५ प्रजातिका करिब एक सय भन्दा बढी वनस्पतिहरूको वृक्षारोपण गरिएको छ ।