वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तीन अर्ब ५९ करोड लाख ६८ हजार नौ सय ९९ रुपियाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख निलकण्ठ खनालले सोमबार आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले चालु तर्फ एक अर्ब ७५ करोड ४३ लाख ८८ हजार नौ सय ९९ रुपैयाँ र पुंजिगततर्फ एक अर्ब ८३ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको हो । नगरपालिकाले पुर्वाधार विकास,  शिक्षा, स्वास्थ्य, कृषि,रोजगार, खानेपानी सरसफाई, पर्यटन आन्तरिक आय वृद्धिलगायतलाई प्राथमिकता दिएको छ ।
यस्तै नगरपालिकाले वीरेन्द्रनगरलाई अब उपमहानगर बनाउन प्रदेश सरकारमार्फत प्रदेश संघिय सरकारलाई अनुरोध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।