सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँड गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा संचालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम संचालनका लागि अख्तियारी प्रदान गरेको हो ।
यस्तै बैठकले बड्डीचौर –बिउरेनी– बावियाचौर– विद्यापुर सडकखण्ड (१३.१) किलोमिटरलाई राष्ट्रिय प्राथमिकता आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।
यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता प्रदेश निर्देशन समिति गठन तथा संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले अपाङ्गता रोगथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम संघ प्रदेश र स्थानीय तहसंचालन निर्देशिका स्वीकृत गरेको छ ।
आवाजपत्र । २ पुष २०८१, मंगलवार १६:४९