होमेस्टे व्यवसायीहरुलाई आतिथ्यता सम्बन्धी दुई दिने तालिम

सुर्खेत । पर्यटन प्रवद्र्धन र स्थानीय व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने आतिथ्यता सम्बन्धी तालिम रुकुमपश्चिममा सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिम रुकुमपश्चिमको बाफिकोट ३ नम्बर वडामा जेठ १६ र १७ गते सम्पन्न भएको हो ।

तालिममा वडा नम्बर ३, ४ र ५ का होटल रेष्टुरेन्ट तथा होमेस्टेका २५ जना महिला र १३ जना पुरुष गरी ३८ जनाको सहभागिता रहेको थियो ।

तालिममा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यालय प्रमुख निर्देशक रेणुका न्यौपानेले विश्वको गन्र्तव्य नेपाल, नेपालको गन्र्तव्य कर्णाली र कर्णालीको गन्र्तव्य स्यार्पू ताल बनाउनु पर्ने बताएकी थिइन् । स्यार्पू ताल कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउन सक्ने सम्भावनाको पर्यटनकीय स्थल भएको उनले उल्लेख गरिन् ।

Culinary & The Hospitality Center Pvt. Ltd. का प्रशिक्षक केशवबहादुर कठायतले आतिथ्यता सत्कार भनेको के हो, यसका आयामहरु के के हुन्, नेपाली परिवेशमा यसको महत्व के हो, खाद्य सुरक्षा लगायतका विषयमा तालिमका सहभागिताहरुलाई जानकारी दिएका थिए ।

यस्तै प्रशिक्षक निर्मला कुमारी खड्काले सरोकारवालाहरुको भुमिका र प्रदेश सरकारले होमेस्टे तथा होटल व्यवसायीहरुलाई प्रदेश भित्रका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि के कस्ता ऐन र कानुनको व्यवस्थाका बारेमा पनि जानकारी दिइएकी थिइन् । व्यवसायीहरुको हक हित र फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी दिएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडाअध्यक्ष तिलविर केसी गरेका थिए भने लेखा अधिकृत चन्द्रा बस्नेत, सव डिभिजन वन कार्यालय बाफिकोट ४ का कार्यालय प्रमुख वेगम केसी लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अधिकृत गंगा त्रिपाठीले गरेका थिए ।