आई एम ई लाइफ इन्स्योरेन्सद्धारा बृद्धाश्रममा न्यानो कपडा वितरण

सुर्खेत । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतले प्रशान्ति बृद्धाश्रममा न्यानो कपडा वितरण गरेको छ । कम्पनीले सोमवार वीरेन्द्रनगर ३ मा रहेको प्रशान्ति बृद्धाश्रममा न्यानो कपडा वितरण गरेको हो ।

कम्पनीले चिसो मौसमलाई मध्यनजर गर्दै बृद्धबृद्धालाई ३१ थान न्यानो कपडा वितरण गरेको हो। कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न कार्यहरू गर्दै आइरहेको छ। देशैभरि बीमा सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीले विभिन्न समयमा यस्ता कार्यहरु गरिरहेको र आगामी दिनहरूमा पनि यस्तै सामाजिक कार्यहरू निरन्तर गर्दै जाने कर्णाली प्रादेशिक कार्यालय प्रमुख जीवनकुमार धामीले बताए ।