व्यवहारिक ‘‘जलवायु तथ्यांक विश्लेषण’’ तालिम सम्पन्न

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा व्यवहारिक ‘‘जलवायु तथ्यांक विश्लेषण’’ तालिम सम्पन्न भएको छ । द स्मल अर्थ नेपाल (SEN) ले “Promoting CLimAte ReSilient and Socially Inclusive Water Management in the Lower Karnali Watershed Region, Nepal (CLASSIK) परियोजना अन्र्तगत जेठ २२ देखि २५ गतेसम्म तालिमको आयोजना गरेको थियो ।

परियोजनामा IHE Delft, Netherlands, KIRDARC Nepal, थारु महिला उत्थान केन्द्र र त्रिभुवन विश्वविद्यालयको भुगर्भशास्त्र केन्द्रीय विभागले साझेदार गरेका थिए । तालिमका लागि मध्यपश्चिम विश्वविद्यालय, गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाको पनि सहकार्य रहेको थियो ।

तालिममा सहभागिहरुलाई Climate Data Operators (CDO) र Python  जस्ता (सफ्टवेर÷प्रविधि) प्रयोग मार्फत जलवायु डेटा प्राप्त गर्ने, प्रशोधन गर्ने र विश्लेषण गर्ने व्यवहारिक सीपहरु सिकाइएको थियो । तालिमको पहिलो दिन जलवायु तथ्याङ्क विश्लेषणको महत्व, जलवायु तथ्याङ्कका प्रकारहरू र तिनका उपयोगबारे जानकारी दिइएको थियो ।

सहभागीहरूले विभिन्न स्रोतहरूबाट जलवायु डेटा कसरी प्राप्त गर्ने र CDO को प्रयोग गरेर ती डेटाहरू कसरी पूर्वप्रशोधन गर्ने भनि सिकेका थिए । सहभागीहरूलाई Python प्रयोग गरेर ठूलो परिमाणको जलवायु डेटा प्रशोधन र विश्लेषण गर्ने आधारभूत सीपहरू पनि सिकाइएको थियो ।

तालिम अवधिभर उनीहरुले नेपालको वर्षाको तथ्याङ्कमा काम गर्दै वर्षा प्रविधि ढाँचा र असामान्यताहरू पहिचान गर्ने अभ्यास गरेका थिए । यसले उनीहरूलाई जलवायु परिवर्तन सम्बन्धी उपयोगी जानकारीहरू निकाल्न सहयोग पु¥याएको थियो ।

तालिमको अन्तिम दिन सहभागीहरूलाई समूहमा विभाजन गरी उनीहरूले सँगसँगै सानो परियोजनामा कार्य गरेका थिए । जसमा तथ्याङ्क डाउनलोड विश्लेषण र अन्तिम नतिजाहरूको प्रस्तुति समेटिएको थियो । प्रत्येक समूहले आफ्ना निष्कर्षहरू प्रस्तुत गरी प्रशिक्षक तथा सहकर्मीहरूबाट सकारात्मक सुझावहरू प्राप्त गरेका थिए ।

समूहगत सहकार्य मार्फत यो तालिमले सहभागीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यमा आफै अनुसन्धान तथा शैक्षिक परियोजनामा यी सिपहरू प्रयोग गर्न प्रेरित गरेको छ । यस तालिमले स्नातक प्रारम्भिक तहका अनुसन्धानकर्ता तथा व्यवसायिकहरूलाई जलवायु तथ्याङ्क विश्लेषणमा तथा व्यवस्थापनमा सशक्त बनाई स्थानीय तहमा जलवायु उत्थानशीलता निर्माणमा सहयोग पु¥याएको छ ।

तालिममा वातावरण, जल विज्ञान, मौसम विज्ञान, वन विज्ञान, कृषि, जल व्यवस्थापन र इन्जिनिरिङ लगायत विविध पृष्ठभुमिका स्नाताक विद्यार्थीहरु, प्रारम्भरिक तहका अनुसन्धानकर्ताहरु र विज्ञहरुको सहभागिता रहेको थियो ।