कालिकोट ।
नेपाल रेडक्रस सोसाइटीले सान्नीत्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँमा सरसफाई सम्बन्धी एपिल बोर्ड र होर्डिङ बोर्ड रािखएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णााली प्रदेशद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम (इच) मार्फत गाउँपालिकाको विभिन्न ठाउँमा चेतनामुलक एपिल बोर्ड र होर्डिङ बोर्ड राखिएको हो ।
जिल्ला परियोजना अधिकृत भरत हमालले गाउँपालिकाका नौ वटै वडाका सार्वजनिक ठाउँ, वडा कार्यालय र विद्यालयहरुमा चेतनामुलक एपिल बोर्ड र होर्डिङ बोर्ड राखिएको जानकारी दिए । गाउँपालिकालाई पूर्ण सरसफाई पालिका बनाउने अभियानलाई सघाउ पु¥याउने उद्देश्यले होर्डिङ बोर्डहरु राखिएको उनको भनाई छ । चेतनामुलक र पूर्ण सरसफाईका सूचकहरु लेखिएका एपिल र बोर्डिङ बोर्ड राखिएका छन् । रेडक्रसले परियोजनामार्फत प्रत्येक वडाहरुमा सरसफाई अभियान सञ्चालन गर्ने, सरसफाई तथा स्वच्छता सम्बन्धी योजना बनाउने, घरघरमा धारा निर्माण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । इच परियोजना सन् २०२२ देखि सान्नीत्रिवेणी गाउँपालिकामा लागू छ ।
आवाजपत्र । १६ पुष २०८०, सोमबार १६:४१