नीति र कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का ल्याइएको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शुक्रबारदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्र समय सान्र्दभिक भएको तर यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् । प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याइनुपर्ने जोड दिएका छन् ।
प्रदेश सभा सदस्य हिक्मत बहादुर विष्टले नीति तथा कार्यक्रम अनुसार बजेट आउनुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रम राम्रा हुने तर व्यवहारिक कार्यान्वयन भने नहुने हुँदा बजेट बनाउँदा यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
यस्तै प्रदेश सभा सदस्य घनश्याम भण्डारीले कृषिलाई उत्पादनसँग मात्र नजोडेर पर्यटनसँग जोड्ने र किसानलाई आर्कषित गरी सहयोग गर्ने कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने बताए । प्रदेश सभा सदस्य कल बहादुर हमालले सबै कुरा समटेर ल्याइएकोले कर्णाली सुहाउँदो रहेको बताए । कृषिको क्षेत्रमा ल्याएको नीति तथा कार्यक्रम अनुसार बजेट भए कृषि क्षेत्रको विकास हुने उल्लेख गरे ।
प्रदेश सभा सदस्य सन्तोषी शाहीले पुरानै नीति तथा कार्यक्रम ल्याएकोले बताए । सरकारले खानी, उद्योग, प्रदेश राजधानीको एकिकृत विकासलाई प्राथकिता दिए पनि ठोस योजना नल्याएको भन्दै बजेटमा समेट्नुपर्ने उनले सुझाव दिए ।
कर्णाली प्रदेश सभा सदस्य तुल्सा मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रमुख आधार भएको बताए । उनले भने, ‘नीति तथा कार्यक्रम कर्णालीको विकासको प्रमुख आधार हो । सबै कुरा समेटिएका छन् । नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउनुपर्छ ।’