पाँच बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो मानव अधिकार एलाइन्स कर्णालीको वार्षिक प्रदेश सभा

सुर्खेत । पाँच बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको वार्षिक सभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
घोषणा पत्रमा कर्णाली प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चिता गर्न सबै संघसंस्थाहरु एक्यवद्ध भएर जुट्ने, कर्णाली प्रदेशमा उपलब्ध विभिन्न मानवीय तथा प्राकृतिक स्रोत साधनको उचित प्रयोगका लागि सरकारका गतिविधिलाई सहयोग, सहकार्य र समन्वय गर्ने उल्लेख गरिएको छ ।
सुखारी कर्णालीबासी समृद्ध कर्णाली प्रदेश निर्माण गर्न घरघर र जनजनमा मानव अधिकारका मुलभुत आधार निर्माण , संरक्षण र सम्वद्र्धन गर्न एक पालिका एक मानव अधिकार रक्षक निर्माण गर्ने र जाजरकोटको भुकम्पलगायत अन्य विपद्बाट प्रभावित व्यक्ति तथा घरपरिवारको मानव अधिकार सम्मत् ढंगले पुर्नस्थापना पुर्न निर्माण कार्य अगाडी बढाउन तीन्न वटै तहका सरकारसँग समन्वय गर्ने, मानव अधिकार एलाइन्सले टोलस्तरदेखि वडा पालिका प्रदेश तहमा सांगठनिक गतिविधिहरुलाई सुदृढ र सशक्त गराउन आआफ्नो भूमिका जिम्मेवारी अनुसार कार्यक्षेत्रमा क्रियाशिल रहि दस्तावेजिकरण गर्ने घोषणा पत्रमा उल्लेख छ ।
मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो वार्षिक साधारण सभा प्रदेशका अध्यक्ष नबिन कुमार शाहीको अध्यक्षता र एलाइन्सका केन्द्रिय सचिब एबम प्रदेश इन्चार्ज टीकाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रदेश सभामा नेकपा एमाले इस्थाइ कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा एमाले केन्द्रिय सदस्य एवंम वीरेन्द्रनगर नगरपालिकका नगर प्रमुख मोहन माया ढकाल, नेकपा एमाले प्रदेश कमिटी सचिब पदमा खड्का र नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवालगायतको उपस्थित रहेको थियो ।