सुर्खेत । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले लोकतन्त्रमाथि औँला उठाए त्यसको डटेर खबरदारी गर्ने बताएका छन् ।
उनले लोकतन्त्रको रक्षाका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । उनले देशको अवस्था बदल्ने कुरामा केन्द्रित भएर एमाले लागिरहेको उल्लेख गर्दै सम्पूर्ण लोकतन्त्र र गणतन्त्रबादीहरु सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्रको विरोध गर्ने एक्लै हुने पनि बताए । उनले भने, ‘ अहिलेको व्यवस्थामा राम्रा काम भएका छन् । कतिपय काम गर्ने क्रममा ढंग नपुगेको हुन सक्छ । कसैले काम गरेनन् भनेर लोकतन्त्रको विरोध गर्छ पनि त्यो एक्लै पर्छ ।’
उनले व्यवस्थामा भएका केही कमिकमजोरी सुधार गदै जनभावना अनुसार रुपमान्तरण र जनमुखी हुनुपर्ने बताए । मुख्यमन्त्री कंडेलले आफु सरकारको नेतृत्व गरेको एक वर्षको अवधिमा कर्णालीका जनताको शिर झुकाउने गरी कुनै काम नगरेको पनि बताए ।
आवाजपत्र । २५ चैत्र २०८१, मंगलवार २०:२१