फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

आवाजपत्र

सुर्खेत । फोर्स गाडीको ठक्करबाट पैदल यात्री जुम्लाको कालीबहादुर बुढाको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ।

सोमबार ‎मृतकका आफन्तहरूले उचित क्षतिपूर्ती र गाडी चालकलाई कारबाहीको माग गर्दै वीरेन्द्रनगरको यरीचौकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

‎आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो।

गाडीले ठक्कर दिएर घाइते भएका कालीबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो। उनका आफन्तहरू आइतबारदेखि नै आन्दोलन गरिरहेका छन्।

आइतबार सामान्य प्रदर्शन गरेका मृतकका परिवारले सोमबार यरीचचौकमा टायर बालेर सडक बन्द गरेर आन्दोलन गरिहेका छन्। सडक बन्द गरेर प्रदर्शन गरेपछि सर्वसाधारण नागरिकलाई आजतजावतमा समस्या भएको छ।