सुर्खेत । कर्णाली प्रदेशसभामा रहेका विषयगत समितिहरुले वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा रहेका विषयगत समितिहरुले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति छन् । बैठकमा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा प्रदेश मामिला समितिका सभापति कल्यााणी खड्काले बैठकमा वार्षिक प्रतिवेदन पेश गर्दै समितिले २०८१÷०८२ मा चार वटा विधेयक माथि छलफल गरी पारित गरेको थप एउटा विधेयक विचाराधिन रहेको जानकारी दिइन् ।
सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्टले प्रतिवेदन पेश गर्दै सरकारलाई उत्तरदायी र जवाफदेही गराउन अनुगमन, मुल्यांकन गरी राय सल्लाह दिने गरेको बताए । उनले े समितिको बैठक २७ पटक बसेको महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी बेरुजु फछ्र्यौटका लागि सम्बन्धित निकायलाई दूई सय ३ वटा निर्देशन दिएको जानकारी दिए । ।
यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दक्षिणा शाहीले सरकारलाई जनताप्रति उत्तरदायि बनाउन , प्रदेश सभाका कामहरु व्यवस्थित गराउन, विधेयकहरु माथि छलफल तथा पारित गर्ने गरिएको बताए । उनले समितिको ५५ पटक बैठक बसेको बताउँदै समितिले अनुगमन, अध्ययन तथा अुसन्धान गर्नुका साथै उपसमिति गराएर काम गरिएको उल्लेख गरे ।
सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले समितिमा प्राप्त भएका विधेयकलाई दफावार छलफल गर्ने, नागरिकको चासोलाई सेट्दै विधेयकलाई परिजर्नन गर्नेलगायतका महत्वपूर्ण काम गरेको बताए । उनले समितिको वार्षिक प्रतिवेदन पेश गर्दै सरकारलाई जनउत्तरदायी बनाउन समितिले काम गर्दै आएको बताए । प्रदेश सभाको अर्को बैठक साउन २१ गते बुधबारसम्मका लागि स्थगित भएको छ ।
आवाजपत्र । १५ श्रावण २०८२, बिहीबार २१:३४